कानुन संशोधन नगरे फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति



काठमाडाैं ।

प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–तराई फास्ट ट्रयाक बनाउन कानुनहरुले रोकेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले फास्ट ट्रयाक निर्माणका लागि त्यही अनुसारको कानुनी व्यवस्था हुनुपर्ने बताए ।

“फास्ट ट्रयाक बनाउनुपर्थ्यो भने योजना, नियम किन समयमै नदिएको रु चारवटा रूख काट्न नौ महिना लगाएको छ । यो कसको गल्ती हो ?,” उनले भने, “काम फास्ट ट्रयाकमा गर्नुपर्ने नियम कानुन पुरानै ०१७ सालको छ ।”

विकास निर्माणका लागि नियम कानुनको अभावमा ढिलाइ भएको उनको भनाइ छ । कानुन नसच्याएसम्म काम ०८३ मा पनि नसकिने उनले स्पष्ट पारे ।
आफूहरुलाई ठेक्का लगाउने कुनै रहर नभएको र सरकारको नियम कानुनले गर्दा लगाउनु परेको उनको भनाइ छ । उनले ०८३ मा गाडी निजगढमा निकाल्न सक्ने गरी काम भइरहेको उनले स्पष्ट पारे । “आत्तिनु पर्दैन सिगार्न नसके पनि काठमाडौंबाट निजगढमा गाडी निकाल्न हामी सकिन्छ भनेर कोसिस गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्