राजकीय संस्कृत माविको नयाँ भवन उद्घाटन



महोत्तरी ।

महोत्तरीको श्री राजकीय संस्कृत माध्यामिक विद्यालयको नयाँ भवन उद्घाटन भएको छ। मटिहानीमा नवनिर्मित २ कोठे पक्की भवनको मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले उद्घाटन गरेका हुन्।

सो अवसरमा बोल्दै नगर प्रमुख मण्डलले देशकै सबभन्दा जेठो करिब ३०५ वर्ष पुरानो विद्यालयमा निर्माण गरिएको उक्त भवनले पठनपाठन गर्न गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २० लाखको लागतमा निर्माण भएको नगरपालिकाले जनाएको छ। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्