अस्ट्रेलिया र क्यानडामा धेरै कमाउने पहिलो हिन्दी फिल्म बन्‍यो ‘एनिमल’



एजेन्सी ।

बलिउडको एक्सन थ्रिलर फिल्म ‘एनिमल’को क्रेज अन्त्य हुन सकेको छैन। सन्दीप रेड्डीको निर्देशनमा बनेको यो फिल्मले भारतमा मात्रै होइन देशबाहिर पनि हलचल मच्चाएको छ। अब यसले नयाँ-नयाँ रेकर्ड बनाएको छ।

‘एनिमल’ फिल्मले अस्ट्रेलिया र क्यानडामा हालसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र बनेको ‘एनिमल’ फिल्मले सामाजिक सञ्जालमा जानकारी दिएको छ । यसअघि यो स्थिति शाहरुख खानको फिल्म पठानको नाममा थियो।

एक रिपोर्ट अनुसार ‘एनिमल’ फिल्मले अस्ट्रेलियामा लगभग ४७ लाख ५० हजार डलर र क्यानडामा लगभग ६१ लाख ३५ हजार डलर कमाई गरेको छ।

यो कमाइ रिलिजको १८ दिनभित्रको हो। यो चलचित्र हलमा आएको १८ दिन भइसकेको छ र अझै पनि यो चलचित्र हेर्नको लागि ठुलो सङ्ख्यामा दर्शक हलमा पुगिरहेका छन्। रणवीर कपूर र बबी देओलको यो फिल्म ‘साम बहादुर’ फिल्मसँगै डिसेम्बर १ मा सिनेमा घरमा रिलिज भएको थियो।

रणवीर र बबीको यो फिल्म हिन्दीबाहेक तमिल र तेलुगु भाषामा पनि रिलिज भएको छ। तमिल भाषामा फिल्मको कलेक्सन राम्रो थियो तर हिन्दी र तेलुगुमा फिल्मले ठुलो कमाइ गरेको थियो।

आइतबार अर्थात् १७ औँ दिन फिल्मको कमाई करिब १३.५ करोड रहेको थियो भने सोमबार पनि राम्रो कमाई गरेको थियो । अहिलेसम्म हिन्दी भाषामा ४६९.७९ करोड कमाइसकेको बताइएको छ।

‘एनिमल’ चलचित्रले हलमा कमाउन मात्र ३ दिन बाँकी छ। वर्षको अन्त्यसँगै शाहरुख खानको  ‘डंकी’ र प्रभासको ‘सालार’ क्रिसमसको अवसरमा रिलिज हुँदै छन् । यी चलचित्रहरू डिसेम्बर २२ मा हलमा रिलिज हुनेछन्।

प्रतिक्रिया दिनुहोस्