तपाईंको आजको राशिफल कस्तो छ?



मेषः सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी नबेहोर्नुपर्ला । घरायसी समस्या बढ्नेछ।

वृषः आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्न सक्छ । मनोरञ्जनमा सहभागी भइएला। साँझमा पैसा खर्च हुने योग छ।

मिथुनः कर्म गर्नुपर्ने ठाउँमा अल्छीपन त्याग्नुपर्ने छ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रमा भन्दा शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ।

कर्कटः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । आफन्तले असहयोग गर्नेछन् । आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । प्रेम सम्बन्ध र दाम्पत्य जीवन सफल हुनेछ। जसले गर्दा काम गर्न सजिलो हुन्छ।

सिंहः आर्थिक कारोबारमा अवरोध देखिन्छ । सामाजिक सम्मान प्राप्त हुने योग रहेको छ। रोजगारमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ । विदेश यात्रा फलदायी हुन्छ । परिवारमा मनमुटाव हुनसक्छ ।

कन्याः परिवारबाट राम्रो सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा निर्णय गर्नुअघि सोच्नुपर्ने देखिन्छ । खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ ।

तुलाः दिन राम्रो छ । बोलीको प्रभावले सबै प्रभावित हुनेछन् । सुरक्षित राखेको धनको सदुपयोग हुनेछ । शिक्षा, स्वास्थ्य, व्यापार र वैदेशिक रोजगारीमा राम्रो अवसर मिल्नसक्छ । दाम्पत्य र प्रेम जीवन सुमधुर बन्नेछ ।

वृश्चिकः आजको दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुने योग छ। पारिवारिक सम्बन्ध राम्रो देखिन्छ। यसले काम गर्ने उत्साह बढ्नेछ।

धनुः आफ्नै बोलीले आफूलाई अप्ठेरोमा पार्ने देखिन्छ। स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्र सुदृढ रहेको छ। आफन्तले सहयोग नगर्ने देखिन्छ । प्रेम र दाम्पत्य सम्बन्धमा खटपटी हुनेछ।

मकरः दिन राम्रो छ । चिट्ठा वा शेयरमा फाइदा हुनेछ। राम्रो संगतले जीवनमा उत्साह बढ्ने छ । प्रेममा सफलता मिल्नेछ।

कुम्भः दिन सामान्य छ । ठुलो कारोबार नगर्नु राम्रो हुन्छ । आर्थिक क्षेत्रमा भने प्रगति हुनेछ । परिवारको सहयोग मिल्नेछ।

मीनः आज तपाईंका चन्द्रमा दाइना छन् । आफ्नो प्रभावले अन्याय गर्नेहरु टाढै रहनेछन् । अन्यायका विरुद्ध बोल्नुभयो भने सन्तुष्टी मिल्नेछ । नयाँ बाटोको सुरुवात हुने योग छ ।

प्रतिक्रिया दिनुहोस्