पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन



धादिङ। 

पृथ्वीराजमार्गको धादिङखण्ड अन्तरगत ज्यामिरेघाटमा सुख्खा पहिरो गएर बन्द भएको राजमार्ग पहिरो हटाएपछि एकतफी संचालनमा आएको छ ।

बेनिघाटरोराङगाउँपालिका–९ ज्यामिरेमा सडक माथिबाट  सुख्खा पहिरो आउँदा दिउँसो ४ बजेतिर राजमार्ग अवरुद्ध भएको थियो । सडक निर्माण कार्यभइररहेकोले डोजरको सहायताले पहिरो पन्छाएपछि एकतर्फीरुपमा  यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

राजमार्गमा लामो जाम पहिरो पन्छाएपछि खुलेपनि यातायात साधनको चापका कारण जाम भने लागेको छ ।

प्रतिक्रिया दिनुहोस्