सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ



काठमाडौं ।

सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीबारे एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ माग गरेको छ ।

मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतले सुनुवाइ गर्दै विपक्षीको नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेर नेपालबाट बाहिरिएको छ ।

शेयर बिक्रीमा कर छली भएको हुनसक्ने र ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने एनसेलको सम्पूर्ण सम्पत्ति जोगाउन शेयर खरिद बिक्रीको खेल भएको भन्दै सांसद सिंहले रिटमा उक्त कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।

सो कारोबार शंकास्पद र अविश्वसनीय रहेको भन्दै नेपालमा सार्वजनिक रुपमा प्रश्न उठेका बेला सांसद सिंहले उक्त कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्