कलाकार प्रकाश पाठकको निधन



काठमाडौं ।

कलाकार प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार कलाकार पाठकको ललितपुर जावलाखेलस्थित निवासमा निधन भएको हो।

निरौलाका अनुसार पाठकको निधन क्यान्सरबाट भएको हो। उनको खानानलीमा ६ महिनाअघि चौथो चरणको क्यान्सर पुष्टि भएको थियो।

उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। शवमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिको थियो।

चलचित्र कलाकार संघका अध्यक्ष निरौला, सल्लाहकार दिनेश डीसी, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायत आर्यघाटमा उपस्थित थिए।

पाठकले मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका छन्। पाठकका श्रीमती, एक छोरा र एक छोरी छन्। पाठकको जन्म २००१ सालमा विराटनगरमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्