नम्बरी सुनको वर र पीपल



काठमाडौं ।

आगामी माघ १९ गते रिलिजमा आउने फिल्म नम्बरी सुनको गीत तिमी वर म पीपल सार्वजनिक गरिएको छ। प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द रचना र संगीत छ।

गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बीसीको मिक्सिङ र मास्टरिङ छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन्।

ओएसआर डिजिटलबाट सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा गौरव र नम्रताको केमेस्ट्री जमेको छ। गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन र मनोरञ्जन श्रेष्ठको कलर छ।

फिल्ममा गौरव र नम्रताका साथमा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायतले अभिनय गरेका छन्।

राजु गिरीको निर्देशन रहेको फिल्ममा शिवम् अधिकारीको कथा र पटकथा, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द रचना, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर, विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, समिर मियाको भीएफएक्स, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन र गौतमराज खड्काको सम्पादन रहेको छ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता छन्।

प्रतिक्रिया दिनुहोस्