वन्यजन्तु र जैविक विविधतामा महोत्सव



काठमाडौं ।

पर्यटन बोर्ड र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईएयूसीएन) सँगको सहकार्यमा वन्यजन्तु, जैविक विविधता र वातावरणका सामाजिक एवं आर्थिक पाटोका विभिन्न पक्ष केन्द्रित तीनदिने फिल्म महोत्सव राजधानीमा सम्पन्न भएको छ।

पर्यावरण, प्राकृतिक स्रोत र वातावरणीय सम्पदा संरक्षणमा युवा सहभागितालाई जोड दिइएको महोत्सवमा जलवायु परिवर्तन र जैविक विविधता संरक्षणबारे फिल्म प्रदर्शन, कार्यशाला, तालिम, सामूहिक छलफल लगायतका कार्यक्रम समावेश गरिएको थियो।

वन मन्त्रालय, नेपालस्थित क्यानेडेली दूतावास, प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल, जुलोजिकल सोसाइटी अफ लन्डन (नेपाल कार्यालय), नेपाल वातावरण पत्रकार समूहलगायत २० भन्दा बढी राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ संस्थाको साझेदारीमा सम्पन्न महोत्सवमा जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरण, वन्यजन्तु संरक्षण, जल संरक्षण, वन संरक्षण र दिगो जीविकोपार्जनजस्ता विभिन्न सान्दर्भिक वातावरणीय मुद्दामा आधारित विश्वका विभिन्न भागबाट कुल १२ अन्तर्राष्ट्रिय पुरस्कार विजेता फिल्म देखाइएको थियो।

महोत्सवअन्र्तगत सामाजिक प्रभाव फिल्म निर्माण कार्यशाला विषयक अन्तक्र्रियामा भारतीय फिल्म निर्माता राकेश रावलगायतका नेपाली फिल्मकर्मी, संरक्षणकर्मी र अन्य सरोकारवाला सहभागी थिए।

भारतबाहिर यस्तो महोत्सव तीनपटक भएको र नेपालमा भने पहिलोपटक यस्तो जमघट भएको सीएमएस वातावरणका निर्देशक पीएन वसन्तीले जानकारी गराइन्।

प्रतिक्रिया दिनुहोस्