हेर्नुहोस् तपाईंको आजको राशिफल



मेष : महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। रमणीय र सुखद् यात्राको योग छ। प्रेमको समस्या हटेर जानेछ।

वृषः आज नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम वा रोजगार पाइनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

मिथुनः दिन सामान्य छ। सामाजिक क्षेत्रबाट सम्मान र अभिनन्दनको अवसर मिल्नेछ। पारिवारिक सम्बन्धमा समस्या हुनसक्ने भएकाले व्यवहार गर्दा सचेत हुनुहोला।

कर्कटः आफ्नै बोलीले आफै फस्ने सम्भावना हुन्छ । बन्धुहरुबाट भने सहयोग मिल्नेछ । शनि प्रतिकुल नभएकाले दाम्पत्य जीवनमा खटपटी देखिने योग छ ।

सिंहः दिन राम्रो छ । आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ । प्रेम र पारिवारिक सम्बन्ध राम्रो नहुन सक्छ ।

कन्याः दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । माया मारेको सम्पत्ति प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा राम्रो नतिजा मिल्नेछ । प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुखमय हुनेछ ।

तुलाः दिन राम्रो छ । मनमा उत्साह भएकाले सिर्जनात्मक क्षमता बढ्नेछ । व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।

वृश्चिकः आजको दिन सामान्य छ । शिक्षामा प्रगति हुनेछ। पारिवारिक सम्बन्धमा मनमुटाव हुनसक्छ। प्रेम सम्बन्धमा सोचत हुनुपर्ने देखिन्छ। आफन्तबाट असहयोग हुने देखिन्छ । वैदेशिक क्षेत्रमा फाइदा हुनेछ ।

धनुः दिन राम्रो छ । ताकेको काम बन्नेछ । शिक्षा, श्रम र लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ। पारिवारिक कलहले दाम्पत्य सम्बन्धमा मनमुटाव हुनसक्छ ।

मकरः दिन सामान्य छ । तपाईंका सम्भावना जताततै भए पनि खुट्टा तान्नेको कमी छैन । शिक्षा, व्यापार व्यवसायमा राम्रो भए पनि पारिवारिक झमेला सहनुपर्ने हुनसक्छ ।

कुम्भः दिन उत्साहजनक छैन । शनि अनुकुल भएमा आँटेका काम सफल हुनेछन् । यात्रा कठिन हुनेछ । सकेसम्म आजको दिन यात्रा नगर्नु राम्रो हुन्छ ।

मीनः दिन धेरै राम्रो छ । आर्थिक, वैदेशिक र पारिवारिक क्षेत्रमा गरेको लगानी उठ्ने देखिन्छ । आजको दिनमा तपाईंले परिवारको साथ र सहयोग पाउने योग छ।

प्रतिक्रिया दिनुहोस्