डा. केसीले ७२ घण्टापछि तोडे अनसन



धनगढी ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसन तोडेका छन् ।

गत शुक्रबार धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका केसीले ७२ घण्टापछि आज धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

डा. केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्