शान्ति मिसन बन्द, मालीमा तैनाथ नेपाली सैनिक फिर्ता



काठमाडौँ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ ५९ जना नेपाली शान्ति सैनिक नेपाल फर्किएका छन्। ई.ओ.डि. गुल्म (शा.से.) नवौं डफ्फाका ५९ जना नेपाली शान्ति सैनिकहरू सेनानी प्रज्वल थापाको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा आज स्वदेश फिर्ता भएका हुन् ।

संयुक्त राष्ट्रसंघले मालीमा रहेको शान्ति मिसन बन्द गर्ने निर्णय गरेसँगै उक्त मिशनमा तैनाथ ई.ओ.डि. गुल्मका १५६ एवं स्टाफ अधिकृत र सैनिक पर्यवेक्षक १२ समेत १६८ जना नेपाली शान्ति सैनिकहरु मध्ये ९३ जना यस अगावै स्वदेश फिर्ता भईसकेका छन् । उक्त मिशनमा बाँकि १६ जना नेपाली शान्ति सैनिकहरु पछि स्वदेश फिर्ता हुने क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्