६४ वर्षमा त्रिविले विश्वरेकर्ड हात पार्‍यो



काठमाडौँ। 

देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले एकै पटक धेरै विद्यार्थी सहभागी गराएर विश्व रेकर्ड हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  सोमबार आयोजित ४९ औं दीक्षान्त समारोहमा ‘गिनीज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र हात पारेको हो ।

प्रतिनिधिले उपकुलपति प्राडा शिवलाल भुषाललाई त्रिविलाई किर्तिमानी भएको प्रमाणपत्र हस्तान्तरण गरेको थियो । लगत्तै उपकुलपति प्राडा भुषालले प्रमाणपत्र कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका थिए ।

समारोहमा ‘गिनीज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिहरू उपस्थिति थिए । एकैपटक महिलासहित २६ हजार अभिभावक, अतिथि र विद्यार्थी सहित वृहत  उपस्थिति गराएकोमा प्रमाणपत्र प्रदान गरेको हो । यसअघि त्रिबिले सबैभन्दा धेरै  विद्यार्थी दीक्षित र उपस्थित हुने हुने दावी गर्दै त्रिभुवन विश्वविद्यालयले ‘गिनीज बुक अफ वर्ल्ड रेकर्डमा आवेदन दिएको थियो । दीक्षान्त समारोहमा ‘गिनीज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिहरू उपस्थित भएका थिए ।

‘‘गिनीज बुकअफ वर्ल्ड रेकर्डका प्रतिनिधिले दीक्षान्त समारोहलाई प्रत्यक्ष अवलोकन गर्नुभयो, धेरै सहभागी उपस्थित भएको रेकर्ड कायम भएपछि  प्रतिनिधिले कुलपति उपकुलपतिलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो , हामीले कुलपतिज्यूलाई हस्तान्तरण ग¥र्यौ –त्रिबिका रजिष्ट्रार प्राडा पेशद दाहालले न्युज अफ नेपालसँग भने ।

 

प्रतिक्रिया दिनुहोस्