अवैध रुपमा ल्याइएको ४०१ बोरा प्याज बरामद


काठमाडौँ।

 अवैध रुपमा ल्याइएको ४०१ बोरा प्याज काभ्रे प्रहरीले बरामद गरेको छ । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङ चेकपोष्टबाट उक्त परिमाणमा प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पूर्वबाट  आएका सवारी साधनहरु चेक जाँच गर्ने क्रममा पुरानो बिल सहित अवैध रुपमा ल्याइएको ४ वटा टाटा योद्धा गाडी र ३ वटा बलेरो गाडीमा ४०१ थान बोरा बरामद गरिएको हो । बरामद गरिएको प्याज आवश्यक कारबाहीको लागि गाडीसहित राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।