प्रस्तावित न्यायाधीश ढुंगानाद्वारा कार्ययोजना प्रस्तुत


काठमाडौँ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाले आफ्नो कार्ययोजना पेस गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।

 सर्वोच्चको न्यायाधीश हुने योग्यता कानुनमा स्नातक भएको भन्दै उनले आफू कानुनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ समेत भएको जानकारी गराए ।

 आफूसँग नौ पूर्वप्रधानन्यायाधीश र पाँच पूर्वन्यायाधीशको सहायक भएर सर्वोच्चको फैसला लेखनकार्य गरेको अनुभव रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।