डा. केसी अनसन बसेपछि धनगढीवासी विराेध प्रदर्शन


धनगढी ।

डा. गोबिन्द केसीकोि बिरूद्द प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधार अभियन्ता भनिएका डा. केसी धनगढी अनशन बसेपछि शनिबार प्रदर्शन भएको हो ।

उनी अनसन बसे पछि त्यसको विरोधमा धनगढीमा चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो । सरोकार समितिका अनुसार गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेश बासीको माग विपरीत केसीले अनसन थाले पछि प्रर्दशन गर्नु परेको हो । सो क्रममा संघर्ष समितिका प्रदर्शनकारीहरूले डा। केसीविरुद्ध नाराबाजी समेत गरेका छन् ।

डा.केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगे पनि प्रदर्शनकारीले अबरोध गरे पछि उनी त्यहाँवाट निस्केर लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका थिए । तर, अनसन बसे पछि स्थानीयले उनीबिरूद्द नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।