राजतन्त्र र नयाँ दलप्रति जनताको आकर्षण छैन : पृथ्वीसुब्बा गुरुङ



काठमाडौँ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन्। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा संचारकर्मीसंगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताए। उनले नागरिकमा जनताको क्रेज अत्याधिक रहेको पाएको पनि दाबी गरे।

उनले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको बताए। उनले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको बताए।

उनले राजनीतिक रुपले मध्यपहाड क्षेत्र धेरै उर्वर रहेको पाएको बताए।

एमाले पहिचानविरोधी पार्टी नभएको पनि उनले प्रष्ट पारे। एमाले पहिचानविरोधी भएको भए निर्वाचन प्रणाली किन समावेशी राख्थ्यो? भन्दै उनले प्रश्‍नसमेत गरे।

प्रतिक्रिया दिनुहोस्