पहिचानवादी पक्षधरले गरेको बन्दका कारण खोटाङमा बिहानैदेखि यातायात सेवा ठप्प



खोटाङ।

 पहिचानवादी पक्षधरले गरेको बन्दका कारण खोटाङमा लामो तथा छोटो दुरीको यातायात सेवा बिहानैदेखि ठप्प छ । जिल्लाका पहिचान पक्षधरहरुले नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै गत २६ गतेदेखि नै उदयपुरको घुर्मीदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्द आव्हान गरेको हो

एक नम्बर प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समिति खोटाङले दिक्तेलबजारको प्रवेशद्वारमा पर्ने किरातचौक लगायत बिभिन्न स्थानमा सार्वजानिक तथा नीजि सवारी साधन चलन दिएका छैनन् ।  यता, एक नम्बर प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले नै पनि आज शनिबार र आइतबार दुई दिन उक्त प्रदेशभरि यातायात बन्द घोषणा गरेको थियो । यातायात बन्दलाई सफल बनाउन निस्कँदा पक्राउपछि प्रहरी हिरासतमा राखिएका पूर्वमन्त्री गोपाल किराँती लगायतलाई रिहाई नगरेपछि  पक्राउपछि म्याद थप गरी  हिरासतमा सरकारले नछाडेपछि संयुक्त संघर्ष समितिले यातायात बन्द आव्हान गरिएको उल्लेख छ ।

प्रहरीले मन्त्री किराँतीसहित जसपा नेता एवं हलेसी तुवाचुङ युवा सहसंयोजक राजेश राई, जसपा नेता गन्धमान राई, हलेसी तुवाचुङ युवा सहसंयोजक विजय राईलाई खोटाङको हलेसीबाट र नुन्थलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ राईलाई पक्राउ गरेको थियो । जिल्लाबाट पक्राउ परेका मन्त्री किरातीसहितलाई अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थपी हिरासतमा राखेको छ ।

पक्राउ परेका नेताहरुलाई शुक्रबार राती १२ बजेसम्म बिना शर्त रिहा गर्न भन्दै शुक्रबार संघर्ष समिति खोटाङका संयोजक युगसन किरातसहितका पहिचानवादीले प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई ज्ञापन पत्र समेत बुझाएका थिए । यस्तै, संघर्ष समिति झापा संयोजक पाण्डपलाल चौधरी लगायत भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुरबाट पक्राउ परेका ३५ नेताहरु अझै छुटेका छैनन् । संघर्ष समिति झापा संयोजक चौधरी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापामा कालो झन्डा देखाएको आरोपमा बिर्तामोडबाट पक्राउ परेका थिए ।

अन्य समयभन्दा आज यातायातका साधनहरु तुलनात्मक रुपमा कम चलेको खोटाङका डिएसपी पुरुषोत्तम खड्काको भनाई छ । बिहानै भोजपुरबाट आएका केही गाडीलाई स्कटीङमा गन्तब्यतर्फ पठाईएको छ । प्रहरीलाई खबर गरेमा स्कटीङ गरेर गन्तब्यमा पठाईने भन्दै काठमाण्डौ तथा तराई जाने भएमा आफू खुसी यातायात नचलाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्