राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता



काठमाडौँ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मङ्सिर २४ गतेदेखि मङ्सिर २९ सम्म दल दर्ताको समय तोकेको थियो ।

फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै पुस ११ गते चुनाव हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्