नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको सुरु

युवामैत्री नीति ,कानुन र योजना निर्माणमा सभामुखको  जोड



बुटवल।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवामैत्री नीति ,कानुन र योजना निर्माणमा गर्नुपर्ने बताएका छन्  । युवाको पक्षमा कानुन बनाउन नेपालको संसद् प्रतिबद्ध रहेको उल्लेख गर्दै सभामुख घिमिरेले अहिले युवाहरुमा देखिएका निराशा अन्त्य गर्नुपर्ने बताए ।

नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको बुटवलमा उद्घाटन गर्दै सभामुख घिमिरेले जेसिजका कतिपय अभियानहरु राष्ट्रिय राजनीतिको भन्दा पनि उत्तम रहेको उल्लेख गरे । उनले जेसिजको मूल्य मान्यता अझै बढी पारिपालन गर्नुपर्ने आवश्यकता सबैमा रहेको बताए ।

 घिमिरेले जेसिजमा एक पटकमा एउटा पदमा मात्रै नेतृत्व गर्न पाउने परिपाटी अन्य संघ संस्था र राजनीतिमा पनि अनुकरणीय रहेको उल्लेख गरे ।
उनले १८ वर्षदेखि ४० वर्ष उमेर हद लागू गरिनु आफैमा राम्रो पक्ष भएको भन्दै नेपाली राजनीतिमा ६० वर्ष उमेर काटेपछि पनि युवा नेता भन्ने परिपाटीलाई जेसिजबाट पाठ सिक्नुपर्ने बताए ।‘राजनीतिमा जस्तो ६० काटेपछि पनि युवा नेता भन्ने यहाँ हुदैन, जुन हाम्रो पक्ष हो  ।’ उब्न्ले भने।

पछिल्लो सयमया युवाहरुको राजनीति प्रति आकर्षण बढ्दै गएको भन्दै उनले राजनीतिमा लाग्नको लागि पनि जोड दिए ।  उनले उच्च शिक्षाको लागि, रोजगारको लागि युवा बिदेसिने परिपाटी रहेको भन्दै यस्तो परिपाटी रोक्नको लागि सबैले पहल गर्नुपर्ने बताए । युवाहरुको अन्तर्निहित प्रतिभालाई पहिचान गरी सरकारले स्वदेशमा नै युवा शक्ति  बस्न पाउने गरी  व्यवस्था गर्नुपर्ने बताए । पछिल्लो समयमा युवा पुस्तामा देशमा नै केही गर्नुपर्दछ भन्ने अभियानको विकास भएको भन्दै उनले यसको लागि सरकारी निकायबाट पनि युवा पुस्ता पलायन रोक्नको लागि कदम चाल्नुपर्ने धारणा राखे ।नेपाल जेसिजका पूर्व अध्यक्ष तथा  महाधिवेसन निर्देशक जगतबहादुर पोखरेलले जेसिजको नियमबाट अन्यले पनि पाठ सिक्न जरुरी रहेको बताएका थिए ।

उनले बोल्नेभन्दा पनि काम गर्ने परिपाटीको विकास हुनुपर्ने बताए । बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल मा जेसिजको महाधिवेसनले राष्ट्रिय सन्देश दिएको बताए । युवावर्गले देश छाड्ने नभई राजनीतिमा आउन उनको आग्रह छ । ‘सक्षम युवा सुदृढ देश ः सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारा सहित गर्न लागिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवलबाट नयाँ सन्देश दिएको पूर्व राष्ट्रिय अध्यक्ष तथा अन्तर्राष्ट्रिय उपाध्यक्ष अनुपमान सैजुले बताए  ।

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर,प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ,बिष्णु पन्थी,पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल,पत्रकार ऋषि धमला, बुटवल शाखा अध्यक्ष हरिविक्रम कुवर,गोपाल अधिकारी,कल्पना कुसुम लगायतले बोलेका थिए । सो अवसरमा बुटवलको स्मारिका,नेपालजेसिजको डिजिटल स्मारिका,१० जना उत्कृष्ट युवालाइ नगदसहित सम्मान गरिएको प्रचार संयोजक राजीव गौतमले जानकारी दिए ।महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट १ हजार २४६ प्रतिनिधि  सहभागी रहेका छन् ।  पुस २ गते सम्म संचालन हुने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्