सल्लाको रुख ढालेर पहिचानको माग सम्बोधन हुँदैन : ओली 



विराटनगर ।

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको माग बाटोमा रुख ढालेर समाधान नहुने बताएका छन् ।

तेह्रथुमको म्याङ्लुङ आयोजित शुक्रवार झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  वार्ता, छलफलबाट समाधान खोजिनु पर्ने पहिचानको  मुद्दा बाटोमा ढुङ्गा लगाएर, सल्लोको रुख ढालेर सम्बोधन नहुने बताए।  ‘बाटाको ढुङ्गा मुढाले, बाटाका विरोध प्रदर्शनले, बाटाका व्यवधानले, बाटाका सल्लाको रुख ढालेर, बाटाको सल्लाको रुखले समस्याको समाधान हुँदैन, ओलीले भने, सल्लाको रुख उभिँदा समस्या भएको हो र त्यसको समाधान रुख ढालेर हुन्छ र ? बाटो अवरोध गर्ने, सल्लाको रुख  ढाल्ने काम नचाहिने कुरा हो ।’

आफूहरू आफ्नो यात्रामा समृद्ध नेपाल सुखी नेपालीको अभियानमा हिँडेकोले यो कसैको विरुद्ध नभएको ओलीले स्पष्ट पारे ।  हाम्रो देशको पक्षमा, जनताको पक्षमा आफूहरू हिँडेको बताएका ओलीले आफ्नो विरुद्धमा लागेका साथीहरू पनि यो अभियानबाट प्रतिफल पाउने बताए ।  ‘हामीले  जेलनेल भोगेको, हामीले बलिदान दिएको, हामीले दुख कष्ट गरेको हाम्रोलागि हैन, उहाँहरूको निम्ति हो, ओलीले भन्नुभयो, यो अभियानको बारेमा सबैले बुझ्नु राम्रो हुन्छ  भन्ने मेरो आग्रह हो ।’

प्रतिक्रिया दिनुहोस्