नागरिक आन्दोलनका २८ प्रदर्शनकारी पक्राउ



काठमाडौं ।

नागरिक आन्दोलनका प्रदर्शनकारीहरु पक्राउ परेका छन् । मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै भद्रकालीबाट माइतीघर मन्डलातर्फ अघि बढ्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे छ  ।

माइतीघर लगायतका स्थानहरुमा सरकारले निषेधित क्षेत्रहरू बढाउँदै लगेकोमा समेत उनीहरूले विरोध गरेका छन् । प्रहरीले नागरिक आन्दोलनका सन्जीव उप्रेती, वसन्त चिप्पा, प्रनेता, अभय श्रेष्ठ, आरती साहको परिवार, निर्ग नवीन, गोविन्द छन्त्याल लगायतकालाई पक्राउ गरी पुलिस क्लबमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्