पत्रकार महेन्द्र पाण्डेको निधन


काठमाडौं ।

पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ । पाण्डे बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका थिए ।

विवाह समारोहमा बमिट भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् । पाण्डे रिपोर्ट नेपाल अनलाइनका सम्पादक एवम् गुल्मी नेपाल विद्यार्थी संघका पूर्वसभापति थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।