कांग्रेस महासमिति बैठक सर्‍यो



काठमाडौँ।

पुसमा हुने भनिएको कांग्रेसको महासमिति बैठक सरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले फागुन ७ देखि १० गतेसम्म बैठक गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गरेका थिए । यसअघि पौष १६-१९ मा गर्ने निर्णय भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्