शुक्रबार सुनचाँदीकाे मूल्य बढ्याे, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?



काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्