एमाले अध्यक्ष ओलीको टिप्पणी: राजनीतिक माग होइन बेग्लै प्रकारको क्रियाकलाप हो



विराटनगर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकता तर्फ बढेको बताएका छन् । मध्यपहाडि लोक मार्ग केन्द्रित सङ्कल्प यात्रा अन्तरगत वसन्तपुरमा भएको सभामा उनले अढाई वर्ष अघि एमालेलाई सरकारबाट देश विदेशी तत्त्वहरूले षडयन्त्र गरेर हटाएपछि देशमा राजनीतिक रूपमा अन्यौलतातर्फ अस्थिरता तर्फ गएको दाबी गरे । उनले देशमा अनेक प्रकारका अवाञ्छित प्रवृत्तिहरू प्रकट भएको बताए ।

उनले भने, राजनीतिक प्रवृत्ति होइन अराजनीतिक प्रवृत्ति छ । राजनीतिक माग होइन बेग्लै प्रकारका क्रियाकलापहरू भइरहेका छन् । उनले एमालेको सरकारहँदा देशमा असाधारण तरिकाले विकास भइरहेको दाबी गरे । उनले वसन्तपुरको सभामा पनि यो सरकार आफ्नै कारणले ढल्ने बताए ।

उनले ८४ को चुनावमा एमालेले एकल बहुमत ल्याउनु सके मात्रै राष्ट्रियता र स्वदीनतालाई जोगाउन सक्ने बताए । उनले भने,एमालेले बहुमत ल्याउन सकेन भने राष्ट्रिय स्वधनिकतामा ने आँच पुग्छ । त्यसैले एमालेले ८४ मा एकल बहुमत ल्याउनु पर्छ । उनले मिसन ८४ कै लागि सङ्कल्प यात्रा गरेको बताए ।

अध्यक्ष ओलीले निर्वाहका लागि नभई धनी हुनका लागि कृषि पेसा अङ्गाल्नु पर्ने बताए । उनले पश्चिमबाट पूर्व आउँदा समस्याहरू के रहेछन् ? सम्भावनाहरू के रहेछन् भन्ने कुरा थाहा पाएको बताए ।

उनले विभिन्न पेसा व्यवसाय गरेका, पत्रकार बुद्धिजीवी प्राध्यापकहरूसँग अन्तरक्रिया गरेको बताए । उनले यो यात्राले उत्साहित भएको बताए । उनले आम जनताले आम जनताले उत्साहपूर्ण रूपमा सुझाव दिएको बताए । उनले जनताले दिएका सुझावका आधारमा एमालेले आगामी योजना र कार्यक्रम तय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्