चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा



काठमाडौं ।

नेपाल सुपर लिग एनएसएल फुटबलमा अपराजित यात्रा कायम राख्दै धनगढी एफसी शीर्ष स्थानमा उक्लिएको छ ।  जारी सिजन लगातार ५ खेलमा अपराजित रहेको धनगढीले दशरथ रंगशालामा एफसी चितवनलाई १.० ले हरायो । खेलको दोस्रो मिनेटमै धनगढीका ओलावाले आफिजले गरेको गोल निर्णायक भयो ।

यो जितपछि धनगढीको ५ खेलबाट ११ अंक छ । यो सहित ३ खेल जितेको धनगढी २ खेलमा बराबरीमा रोकिएको थियो ।

दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ । पराजित चितवन भने पुछारबाट दोस्रो स्थानमा छ ।  जितपछि धनगढीको ५ खेलबाट ११ अंक छ । यो सहित ३ खेल जितेको धनगढी २ खेलमा बराबरीमा रोकिएको थियो । दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ । धनगढीले सुरुदेखि नै फरवार्ड लाइनमै तीन विदेशी खेलाडी खेलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्