थमन बिक हत्या प्रकरण: एमाले सांसद कोइरीलाई सफाइ र लोसपाका सांसद शर्मालाई जन्मकैद



काठमाडाैं ।  

महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई सफाइ र लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको छ ।

मोहन कापरले पनि सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले उनीहरुलाई सफाइ दिने आदेश सुनाएको हो । आगलागी मुद्दामा पनि महतोलाई जिल्ला अदालतले सफाइ दिएको छ ।

०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिइ लाठी, लात्ती, मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्