नक्कली शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री खाँणलाई धरौटीमा रिहा गर्न अदालतको आदेश



काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई बिहीबार ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।

मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिँदा खाँणबारे निर्णय हुन सकेको थिएन। न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाणलाई धरौटीमा छाड्न आदेश दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्