परराष्ट्र सचिवमा सेवा लम्साल



काठमाडाैं ।

  परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो।

गत शुक्रबार लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले उनलाई सचिवमा बढुवा गर्न एकल सिफारिस गरेको थियो।

सन् १९९८ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी सेवा लम्साल जागिरे जीवनको २५ वर्ष पुग्नै लाग्दा परराष्ट्र सचिवको कुर्सीमा पुगेकी हुन्। गत मंसिर १९ गते सचिव भरतराज पौड्यालको समयावधि समाप्त भएसँगै उनले निमित्त सचिवको जिम्मेवारी भने लिइसकेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्