बालकृष्ण खाणको मुद्दामा आज पेसी, थुनामा रहने वा धरौटीमा छुट्ने टुंगो लाग्ने



काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेको पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको निवेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ।

यसअघि खाणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो। सो निर्णयअनुसार एक न्यायाधीशको इजलासमा बहस हुने गरी पेसी तोकिएको हो। आजको सुनुवाइपछि एकल इजलासले दिने आदेशले नै खाण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने निर्णय गर्नेछ।

मंसिर १५ गतेको संयुक्त इजलासको आदेशमा न्यायाधीश पाण्डेले ३० लाख धरैटीमा रिहा हुने आदेश गरेका थिए भने अर्का न्यायाधीश खरेलले धुनामै राख्नुपर्ने आादेश राखेका थिए।

उक्त इजलासले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये ९ जनालाई थुनामै राख्ने, ६ जनालाई धरौटीमा रिहा गर्ने र चार जनालाई साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो।

प्रतिक्रिया दिनुहोस्