थाहा पाउनुहोस् तपाईंको आजको राशिफल



मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वादिष्ट भोजनको अवसर मिल्नेछ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ। लाभदायी छलफल हुनेछ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाइनेछ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहन सक्छन् र नियमित खर्चसमेत बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्त सँग कुराकानी हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा पनि अवरोध आउनसक्छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वकाङ्क्षी योजनामा सफल हुन केही समय पर्खनुपर्छ । आफन्तसँग खटपट हुन सक्छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रेला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – हाम्रो पात्रो

प्रतिक्रिया दिनुहोस्