काठमाडौँ मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते, एकको अवस्था गम्भीर



काठमाडौँ।

काठमाडौँ मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते भएका छन् । बुधबार साँझा साढे ६ बजे बौद्ध जोरपाटी रुटमा चल्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा१ज ६११८ नम्बरको अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका यात्रु घाइते भएका हुन ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना लगतै घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ भने उनीहरूको परिचय खुलिसकेको छैन । माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्