वसन्तपुरमा भोलि हुने बृहतसभाको भव्य तयारी



इटहरी ।

नेकपा एमालेको मध्य पहाडी लोक मार्ग संवृद्धि यात्राका क्रममा भोली मंसिर २८ गते तेहथुमको वसन्तपुरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

 एमाले कोसी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीका अनुसार वसन्तपुरमा १५हजार बढीको सहभागिता हुने गरी तयारी गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा सुनसरी,मोरङ,तेह्रथुम,धनकुटा र सङ्खुवासभा बाट सहभागिता रहने छ ।

सुनसरी मोरङबाट मात्र ६० वटा वस,६० वटा कार जीप र तीन सय बढी मोटरसाइकल मा सहभागी हुने नेता तिवारीले बताए । आजै देखि सहभागीहरू वसन्तपुर जान थालेका छन् । भोलि दिउँसो साढे १२  बजे वसन्तपुरमा सभा सुरु हुने छ ।

वसन्तपुरमा ओलीलाई लिम्बु सांस्कृतिक अनुसार स्वागत गरिने छ । वसन्तपुर बजारमा हुने आमसभामा  ५सय १ जना स्वयंसेवक खटिने छन् । सभाअघि विभिन्न जातजाति भाषभाषीको झाँकी सहित जुलुस निकालिने कार्यक्रम मुल आयोजक समितिका सहसंयोजक समेत रहेका नेता तिवारीले जानकारी दिए ।

आमसभाअघि चोलुङ्गपार्क र त्यहाँ स्थित ऐतिहासिक संग्राहलय निरीक्षणको कार्यक्रम छ । वसन्तपुर मध्य पहाडी लोक मार्गमा पर्ने सहर हो । लोक मार्गमा रहेका १० सहरमा सञ्चालित नयाँ सहर आयोजना वसन्तपुरमा पनि सञ्चालित छ । वसन्तपुर गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्वार हो ।

प्रतिक्रिया दिनुहोस्