कथित पहिचानको नाममा एमालेलाई जिस्काए प्रतिकार गर्छौँ : शरणकुमार राई



काठमाडौँ ।

 नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले कथित पहिचानको नाममा एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन् ।
नेकपा एमालेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान भोजपुर भित्रिएसँगै राईले सो चेतावनी दिएका हुन् ।

‘पहिचानका नाममा राजनीति गर्दै कसैले एमाले विरुद्ध गडबडी गर्छ भने त्यसको प्रतिकार गर्छौँ, हामी चुप लागेर बस्दैनौँ’, उनले भने ।
पहिचानको नाममा एमालेमाथि आक्रमण गर्ने दुष्कर्म नगर्न पनि उनले चेतावनी दिए । ‘पहिचानको नाममा राजनीति गर्ने र त्यही बहानामा एमालेमाथि आक्रमण गर्ने दुष्कार्य हामीलाई स्वीकार्य छैन, हामी प्रतिकार गर्छौँ’, उनले भने ।

उनले एमालेलाई चलाउने काम नगर्न चेतावनी दिए । उनले भने, ‘नेकपा एमालेलाई जिस्काउने र चलाउने काम नगरियोस्, हामी प्रतिकार गर्छौँ, नेकपा एमालेले कसैले नजिस्काओस् ।’

प्रतिक्रिया दिनुहोस्