कामपा भित्रका सबै रेष्टुरेन्टले अनिवार्य धुम्रपान सेवन कक्ष राख्नुपर्ने



काठमाडौं ।

काठमाडौं महानगरभित्र सञ्चालन भएका सबै रेष्टुरेन्टले अनिवार्य रुपमा धुम्रपान सेवन कक्ष राख्नुपर्ने भएको छ । कामपाले भोलीबाट राजधानीलाई सुर्ति रहित क्षेत्र घोषणा गर्न अघि सो निर्णय गरेको हो ।

कामपा जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले राजधानीमा सञ्चालित सबै रेष्टुरेन्ट व्यावसायीले आफ्नो रेष्टुरेन्टमा अनिवार्य रुपमा स्मोकिङ क्षेत्र राख्नुपर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–भोलीबाट महानगरमा सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा पुर्ण प्रतिबन्ध लगाएसंगै सो नियम लागु गर्न लागेका हौ । उहाँका अनुसार अब राजधानीमा चुसेर र रस लिएर प्रयोग गरिने सुर्तिजन्य पदार्थ पुर्ण रुपमा प्रतिबन्ध लगाउनेछौ । त्यसको लागि भोली बिहानैबाट महानगरको चार क्षेत्रमा महानगरको प्रहरी परिचालन हुनेछन् ।

कामपाका प्रहरी उपरीक्षक दिनेश अर्यालले राजधानीको पुर्वी, मध्य, पश्चिम र उत्तर क्षेत्रमा आवश्यकता अनुसार प्रहरी परिचालन हुने जानकारी दिनुभयो । त्यसबाहेक नगर प्रहरी मुख्यालयमा केन्द्रीय कार्यदल रहनेछ ।

कार्यदलले आवश्यकताको आधारमा थप प्रहरी बल परिचालन हुनेछन् । कामपाले १५ दिनअघि सार्वजनिक सूचना जारी गरी सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सूर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले विक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्