अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ



काठमाडौं ।

अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले  नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा उनी पक्राउ परेकाे हाे ।

खड्कासँगै वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यो प्रकरणमा जोडिएका हालसम्म ३२ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्