अवैध प्राकृतिक दोहन गर्ने टिपर प्रहरीले समायो, महानगरले छाड्यो



पोखरा। 

जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार अवैध रुपमा प्राकृतिक दोहन गर्ने ५३ सवारी साधन नियन्त्रणमा भन्दै पत्राचार ग¥यो । कास्की जिल्लाका विभिन्न स्थानमा विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल समेत बनाई चोरी निकासी भएको भन्दै नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझायो ।

प्रहरीले मंगलबार बिहान ट्रक, टिपर र ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि पोखरा महानगरपालिका पठाएको हो । प्रहरीले उक्त कार्य निरन्तर भइरहेको समेत बताएको छ । तर, पोखरा महानगरपालिकाले भने मंगलबार दिउँसो कारवाहीका लागि पठाएका ति सवारी साधनलाई त्यसै छाडिदिएको छ । विना कारण आफूहरुको सवारी नियन्त्रणमा लिएको भन्दै सवारी चालक तथा सवारी धनीले महानगरमा घेरा हालेपछि उनीहरुलाई त्यसै छाडिएको हो । पोखरा २५ हेमजाका बलराम त्रिपाठीले आफ्नो दुई वटा टिपर त्यसै समाएको बताए ।

उनले विना सूचना गाडी समातेको सुनाए । ‘विना कारण मेरो गाडी समातियो प्रहरीकहाँ पुगेर सोध्दा महानगरपालिकाको आदेश हो हामीले महानगरपालिकामा पठाएका छौं भन्ने कुरा भयो’ उनले भने, ‘हाम्रो भ्याटबिलदेखि  सबै कागजात छ। तर, किन समाइयो भन्ने कुरा नै थाहा भएन् ।’ आफूले सवारीको कागजात पाउँदा समेत समाएको कुरा पत्ता लगाउन नसकेको उनको भनाई छ ।

सुवास तामाङले आफ्नो सवारी विना  कारण समातेर ल्याएको बताए । बिहान समातेको र त्यसै छाडेको सुनाए  । ‘म बिहान ६ बजे खोला भएको थिए । खोलाबाट चोकर लिएर आएको हुँ । मैले रातोपहिरो देखी ल्याएको हुँ । मैले भ्याट काटेरै आएको हो रसिद सबै छ । आउँदाखेरी पावरहाउसमा पुलिसले समाउनुभयो र महानगरको आदेश हो भनेर यहाँ ल्यायो’ उनले भने, ‘यहाँ एउटा भ्याटबिलमा धेरै पटक लगियो भन्ने छ । तर के हो थाहा भएन ।’ आफूले विना जरिवाना कागजात पाएको समेत र बिहान समाएको र अहिले त्यसै कागजपत्र दिएको उनले बताए । ‘भ्याट बिल पनि छ सबै छ । भ्याट बिल भएन भएन भनेर समातेको रहेछ तर हाम्रो सबै ठिक छ । बिहान ८ बजे समाएको अहिले हस्ताक्षर मात्रै गराएर छाड्यो ।’

पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण तिवारीले प्रहरीले बिहान गरेको अनुगमन पश्चात् नियन्त्रणमा लिएका सवारीको भ्याट बिलहरु सक्कल हो या होइन भनि महानगरमा पठाएको बताए । प्रहरीले नियन्त्रणमा लिएका मालबाहक टिपर, ट्रक र ट्याक्टरहरु महानगरले नै ठेक्कामा दिएका घाटहरुको रहेको र उक्त घाटहरु भ्याटमै रहेकाले कागजपत्र हेरि छाडिएको जानकारी दिए ।

‘बिहान प्रहरीले अनुगमन गर्दा ५६ वटा सवारी नियन्त्रणमा लिनु भएको रहेछ । उहाँहरुले कागजपत्र हुनेहरुलाई समेत नियन्त्रणमा लिनुभएको हो । प्रहरीलाई भ्याट बिल नक्कली वा सक्कली भन्ने कुरा थाहा हुने कुरा भएन त्यहि भएर उहाँहरुले महागनरपालिकामा पठाउनुभएको हो’ उनले भने, ‘हामीले कागजपत्र हेरेपछि छाडेका छौं । एउटा मात्रै कागजपत्र नभएको कारण कारवाहीमा परेको छ ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यवाहक सूचना अधिकारी इन्स्पेक्टर सूर्य रानाले कागजपत्र सहित पक्राउ गरि आवश्यक कारवाहीका लागि महानगरपालिकामा पठाएको र त्यहाँबाट भएको कारवाहीको आधिकारिक पत्र नआएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्