एन्जेलिना हलिउडबाट बाहिरिने

0
Shares

हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले आफू हलिउडबाट बाहिरिने अभिव्यक्ति दिएपछि अहिले यो खबरले हलिउड तातेको छ।

एन्जेलिनाले हालै द वाल स्ट्रिट जर्नल म्यागजिनमा दिएको अन्तर्वार्तामा आफू उपयुक्त समय आएपछि लस एन्जलस छोडेर कम्बोडियामा बसाइ सर्ने योजना रहेको बताएकी छन्।

जसको कारणमा पूर्वपति ब्राडसँगको सम्बन्धविच्छेद् र कानुनी प्रक्रिया कारण आफूलाई निर्णय लिइहाल्ने स्थिति नरहेको समेत बताएकी छन्।

एन्जेलिनाले आफ्ना विगत र भावी योजनाको बारेमा बताउने क्रममा भनेकी छन् ‘म आज अभिनेत्री बन्ने थिइनँ। जब, मैले आफ्नो करिअर शुरु गरेको थिएँ, त्यति बेला यसरी सार्वजनिक हुने, यति धेरै खुलेर बोल्ने भन्ने अपेक्षा गरेको थिइनँ। म हलिउडको वरिपरि हुर्किएँ पनि यसबाट धेरै प्रभावित कहिल्यै भइन।’

उनले आफ्नो सम्बन्ध विच्छेद्पछि स्वतन्त्ररूपमा बाँच्न र स्वतन्त्ररूपमा यात्रा गर्ने क्षमता गुमाएको पनि बताएकी छन्। उनले विश्वका अन्य ठाउँमध्ये हलिउड स्वस्थ ठाउँ नभएकोले आफू जतिसक्दो चाँडो हलिउड छोड्ने बताएकी छन्। हलिउडमा आफ्नो सामाजिक जीवन नभएको समेत उनको भनाइ छ।

कुराकानीका क्रममा एन्जेलिनाले आप्mनो सामाजिक जीवन नभएको बताइन्। उनले आफू अहिले कसैसँग डेट नगरेको दाबी गर्दै आप्mना सात छोराछोरी साथी भएको पनि बताइन्। ‘उनीहरू मेरो र मेरो जीवनका सबैभन्दा नजिकका मानिस हुन्। उनीहरू मेरा सबैभन्दा नजिकका साथी हुन्। हामी सात धेरै फरक व्यक्तिहरू हौं, जो एक–अर्काको शक्ति हौँ’ उनले भनेकी छन्।