डेसानपछि आलिंगन



निर्देशक कमल एक्चै मगरको निर्देशनमा आलिंगन नामक फिल्म निर्माण गरिने भएको छ। डेसान नामक फिल्म रिलिजमा आएको मिति पारेर उनले नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन्।

शिरफूल नामक फिल्मबाट निर्देशनमा आएको उनको यो तेस्रो फिल्म हुनेछ। सामाजिक प्रेमकथामा बन्ने फिल्मको कथा उनी स्वयम्ले लेखेका छन्।

फिल्मको पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका छने भने कृशला मगर कार्यकारी निर्माता रहने फिल्म चक्रबहादुर महर्जनले छायांकन गर्नेछन्।

परफर्मिंग आर्ट क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा अभिनय गर्ने कलाकार र अन्य प्राविधिकको चयन हुन बाँकी रहेको निर्माण समूहले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्