एनसेलविरुद्ध अमरेश सिंहले दायर गरेको रिटमा आज सुनवाइ हुँदै



काठमाडौँ ।

 एनसेलको खरिद बिक्री प्रक्रियाका विरुद्धमा सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

 उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुवै दिन  पेसी तोकिए पनि  ‘हेर्न नभ्याइने’ सूचीमा परे पछि आजबाट सुनवाइ हुन लागेको हो ।

 गत शुक्रवार सांसद सिंहले दायर गरेको रिट निवेदनमा आइतबार सुनवाइ हुने भनिएको थियो । तर, आइतबार र सोमवार भने ‘हेर्न नभ्याइने’ भन्दै आजका लागि पेशी सारिएको थियो ।

सांसद सिंहले नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गर्दैै गत शुक्रवार उनले रिट दर्ता गराएका हुन । आफ्नो निवेदनमा उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्