ललितपुर महानगरको निर्णयविरुद्ध अभियन्ता ईःले १०८ मिनेट उभिने



ललितपुर ।

अभियन्ता ईःले साँझ- बिहान फुटपाथ बजार हटाउने ललितपुर महानगरको निर्णयबारे पुनर्विचार गर्न चेतावनी दिँदै १ सय ८ मिनेट उभिएर विरोध गर्ने घोषणा गरेका छन् ।

उनले आजै आफ्नो फेसबुकमा लेख्दै भोलि (मंगलबार) अपराह्न ३ बजे १ सय ८ मिनेट उभिएर प्रदर्शन गर्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘कृपया, ललितपुरको सपना नमार ?’

फुटपाथ बजारहरू विस्थापन होइन, व्यवस्थापन गर्न ईस्ले महानगरलाई अपिल समेत गरेका छन् । यसअघि उनी काठमाडौं महानगरपालिकामा फुटपाथ व्यवसायीका लागि वैकल्पिक स्थानको माग गर्दै मेयर बालेन्द्रसँग जवाफ माग्न १२३ घण्टा राष्ट्रिय सभा गृहको गेटमा उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस्