कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइयो



काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

 महासमिति बैठकको तयारी तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।

 कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्