दोलालघाटमा ओलीले तारे माछा



काभ्रे।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १२औं दिन सोमबार बिहान एमालेको टोली माछाको लागि प्रख्यात स्थान इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल काभ्रेको दोलालघाटमा पुगेको छ ।

त्यहाँ केहीबेर स्थानीयका समस्या र सुझाव सुनेर छोटो सम्बोधन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले व्यापार व्यवसायबारे थोरै कुराकानी गर्दै आफै माछा तारेर साथीहरूलाई खुवाएका थिए।

सिन्धुपाल्चोकसँग सिमानामा रहेको दोलालघाट बजार माछाका लागि चिनिएको ठाउँ हो ।

सुनकोशी नदीको माछा तारेर पूर्वप्रधानमन्त्री ओलीले दोलालघाटमा पर्यटन प्रबर्द्धनलाई अझ उजागर गरेको भन्दै स्थानीयले आभार व्यक्त गरे।

एमालेको मध्यपहाडी संकल्प यात्रा आज काभ्रेको धुलिखेलबाट शुरु भई सिन्धुपाल्चोक, दोलखा हुँदै राति रामेछाप सदरमुकाम मन्थली पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्