थाहा पाउनुहोस् तपाईंको आजको राशिफल



मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभहानी, आयव्यय, सुखदु:ख बराबरी मध्यम खालको दिन छ। ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको धन हात पर्ला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। हिम्मत बढ्ने र आकस्मिक धन लाभ हुनेछ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउन सक्छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । घर भित्रको मनोरञ्जनमा सहभागी भइएला । व्यापार, व्यवसायमा पर्याप्त लाभ पनि मिल्नेछ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रविधि मार्फत आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक र पदप्रतिष्ठा कमाउने वेला छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको सहयोग प्राप्त हुने र शुभकार्यको चर्चा चल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बन्न लागेको काम बिग्रिनेछ। प्रेममा बाधाका साथै मन कमजोर रहला। स्वास्थ्य प्रति सजग र सचेत पनि रहनु पर्नेछ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्यको थालनी हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। पदोन्नतिको सम्भावना छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा नयाँ योजना बन्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ समाचार सुन्न पाइएला । राज्यबाट मान सम्मान पाइनेछ। सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्।

हाम्रो पात्रो

प्रतिक्रिया दिनुहोस्