गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज


काठमाडाैं ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज भएका छन् । मुटुमा पुन: समस्या देखिएपछि उनी मंसिर १९ गते रति बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।

मुटुको नशा खुम्चिएको एन्जियोप्लास्टी सर्जरीपछि स्वास्थ्यमा सुधार भएसँगै आइतबार उनी डिस्चार्ज भएको गृहमन्त्रालयले जनाएको छ । केही समयअघि चीन भ्रमणमा रहँदा पनि उनी गम्भीर बिरामी परेर उतै उपचारपछि नेपाल फर्किएका थिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।