लगातार ३ सर्किट लागेपछि आइतबारलाई बन्द भयो सेयर कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार तेस्रो पटक सर्किट लागेसँगै आइतबारलाई कारोबार बन्द भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्राभाव देखिएको हो।

समीक्षापछि खुलेको पहिलो दिन आइतबार नेप्से सूचक १११ अंकले बढेर बन्द भएको छ। आइतबार कारोबार खुलेको ५ मिनेटमा नै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई बजार बन्द भएको थियो। कारोबार सुचारु भएलगत्तै अर्को एक प्रतिशत बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटलाई बजार बन्द भयो।

४० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेपछि आइतबारका लागि कारोबार नै बन्द भएको हो। अघिल्लो कारोबार दिन (बिहीबार ) १८५२.७८ अंकमा कायम भएको सेयर बजार आइतबार १११.२० अंकले बढेर १९६३.९८ बिन्दुमा बन्द भएको छ।

आइतबार ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १३ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्