रुबिना अधिकारी मोडल क्विन



नेपालकी मोडल एवं डान्सर रुबिना अधिकारीलाई सर्वश्रेष्ठ लोक दोहोरी अवार्डबाट सम्मान गरियो केही महिनाअघि राष्ट्रिय लोक एवं गीत फाउन्डेसन, उपत्यका समन्वय समितिद्वारा राजधानीमा आयोजित आठौं राष्ट्रिय लोक दोहोरी अवार्डमा मोडल रुबिना अधिकारीले मोडलतर्पmको अवार्ड चुमेपछि भारतको गोवाबाट प्रकाशन हुने राष्ट्रिय दैनिक नित्य समयले महŒवपूर्ण स्थान दिँदै प्रकाशन गरेको समाचारको शीर्षक हो यो। रुबिनाले अवार्ड हातमा लिँदै गरेको तस्वीरसहितको सो समाचारले नै दर्शाउँछ उनको लोकप्रियता। ‘रुबिना नेपालको टप फाइभमध्येको एक उत्कृष्ट एक्टर र मोडलमा आउँछिन्। उनले कयौं गीतमा डान्स र मोडलिङ गरेकी छन्।

रुबिना भन्छिन् मेरो लागि यो अविश्वसनीय छ। एक लोकदोहोरी कलाकार हुनुको नाताले योभन्दा बढी खुसी अरु केही हुनै सक्दैन। मलाई लाग्छ कि, मैले ठूलो सफलता हासिल गरेँ। काठमाडौं समन्वय समितिद्वारा आयोजित आठौं राष्ट्रीय लोक दोहोरी अवार्ड २०२३ को यो संस्करणमा मलाई योग्य सम्झने र सर्वश्रेष्ठ अभिनेत्री नृत्य अवार्ड दिने सम्पूर्ण जुरी र आयोजक टिमप्रति आभारी छु। मलाई लाग्छ, मेरो धेरै जिम्मेवारी बढेको छ र अब मैले धेरै गर्नुछ’ रुबिनाको प्रशंसा गर्दै नित्य समाचारले उनको प्रतिक्रियासमेत उल्लेख गर्दै प्रकाशित गरेको छ।

सालबाट मोडलिङ र नृत्य कलाकारको रूपमा करियर शुरु गरेकी रुबिना झन्डै एक दशक लामो यात्राका दौरान लोक दोहोरी क्षेत्रको मोडल क्विनका रूपमा छाउन सफल भएकी हुन्। टंक तिमिल्सिना र सरिता खनालको तिम्रो मन चोर्नै पर्ने भो बोलको गीतको मोडलिङबाट करियर शुरु गरेकी रुबिनाले हालसम्म तीन सय ५० भन्दा बढी लोकदोहोरी गीतको भिडियोमा मोडलिङ र नृत्य गरेर आपूmलाई अब्बल त सावित गरिसकेकै छिन्, सँगसँगै लोकदोहोरी गीत संगीत प्रेमीको मन जित्दै यो क्षेत्रका निर्माता, निर्देशक र गीत संगीतकर्मीबाट पहिलो नम्बरमा खोजिने डिमान्डेड मोडल र नृत्य कलकार पनि सावित भइसकेकी छन्।

मोडलिङ र भावयुक्त अभिनयका साथसाथै नृत्यमा समेत पारंगत उनी उत्कृष्ट नृत्य प्रस्तुतिका कारण देश विदेशमा हुने सांस्कृतिक कार्यक्रममा पनि छाउँदै आएकी छन्। २०७३ सालमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १६ दिनसम्म चलेको गाईजात्रा कार्यक्रममा प्रत्यक्ष नृत्य प्रस्तुत गरेर दर्शकको वाहवाही पाएकी उनले ख्यातिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको महजात्रा कार्यक्रममा नेपाल टुर गरेकी छन्। लगातार पाँच वर्षसम्म गाईजात्रा शोमा नृत्य प्रस्तुत गरेकी रुबिना नृत्य प्रस्तुतिबाटै नेपालका लगभग सबैजसो मञ्चमा उत्रिसकेकी छन् भने भारत, कतार, जापान, अस्ट्रेलिया, यूएईजस्ता राष्ट्रमा समेत पुगेर आप्mनो नृत्यकलाबाट प्रशंसा बटुल्दै आएकी छन्। यस क्रममा उनले पाँच सयभन्दा बढी प्रत्यक्ष रंगमञ्च नृत्य प्रस्तुत गरिसकेकी छन्।

खासगरी, सोचेझैँ जिन्दगी रैनछ बोलको गीतको भिडियोको नृत्यबाट चम्केकी रुबिनाका देशै छोडी जाउँला, ठग्यो जिन्दगीले, भिरमा सेती गाई, विन्दु, बैनीज्यू दाजैज्यूजस्ता दर्जनौं हिट लोकदोहोरी गीत भिडियो छन्। सोचेझैँ जिन्दगी रैनछ गीतको भिडियोले साँच्चै नै रुबिनालाई नसोचेको सफलता दिलाइदिएको छ। यो गीतपछि उनले करियरमा पछाडि फर्केर हेर्नुपरेको छैन। सोचेझैँ जिन्दगी रैनछजस्तै युट्युबको करोड क्लबमा परेका रुविनाका भिडियो पनि थुप्रै छन्।

‘सोचेझैँ  रैनछ जिन्दगीबाट करियरले पनि नयाँ मोड लियो र ब्याचलर पनि सकियो। लोकदोहोरी भिडियोमा हन्डे«न्ड पर्सेन्ट दिएर काम गरिरहेको छु। त्यही मेहनत र लगनशीलताले दर्शक अनि निर्माता निर्देशकले माया गरिदिनुभएको छ। आगामी दिनमा पनि उहाँहरुले माया गरेबमोजिम जिम्मेवार भएर काम गर्दै जानेछु’ जनस्वास्थ्यमा ब्याचलर गरेकी रुबिना भन्छिन्।

तनहुँको बन्दीपुरमा जन्मी नेपालगञ्जमा बसोवास अनि काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी रुबिनाले मोडलिङ र नृत्य कलाकारितामा प्रदर्शन गरेको उत्कृष्टतावापत सगरमाथा म्युजिक अवार्ड २०७५, दोस्रो नेसनल ब्रान्ड म्युजिक अवार्ड २०७८, पहिलो स्टार म्युजिक भिडियो अवार्ड २०२२, काव्या म्युजिक अवार्ड २०७९, तीज अवार्ड २०७९, विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९, राष्ट्रिय लोकदोहोरि अवार्ड २०२३ जस्ता अवार्ड चुमिसकेकी छन्। त्यसैगरी, विन्ध्यवासिनी म्युजिक अवार्ड २०७८, सातौं नेसनल फोल्क एन्ड डोयट अवार्ड २०७८, तेस्रो साधना म्युजिक अवार्ड २०७९, आठौं नेसनल रापती म्युजिक अवार्ड २०७९ जस्ता अवार्डका लागि मनोनयनमा परेकी छन्। ‘अवार्ड पाउनु त आपैm“मा ठूलो उपब्धि हो। टप फाइभ नोमिनेसनमा पर्नु पनि सानो कुरा हो भन्ने मलाई लाग्दैन। त्योभन्दा पनि ठूलो अवार्ड भनेको दर्शकको माया हो भन्ने मलाई लाग्छ’ रुबिना प्रसन्नता व्यक्त गर्दै भन्छिन्।

प्रतिक्रिया दिनुहोस्