नारायणगोपाल सम्मान तारादेवी र रसिकलाई



नारायण गोपाल संगीत कोषले स्वर सम्राट नारायण गोपालको ३३औँ पुण्यस्मृति दिवसमा स्वरकिन्नरी तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई नारायणगोपाल स्मृति सम्मान प्रदान गर्ने भएको छ।

आज मंगलबार जमलस्थित सांस्कृतिक संस्थानमा कार्यक्रमको आयोजना गरी यस वर्षको पुरस्कार प्रदान गरिने कोषले जनाएको छ।  केही दिनअघि कोषकी अध्यक्ष उषा शेरचनको अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई नेपाली गीत–संगीतको क्षेत्रमा करिब पाँच दशक योगदान गरेवापत मरणोपरान्त र रसिकलाई गीत–संगीतका साथै साहित्य क्षेत्रमा करिब ६ दशक योगदान गरेवापत सम्मान गर्ने निर्णय गरेको थियो।

स्वर किन्नरीको उपमा पाएकी तारादेवीको जन्म २००२ साल माघ २ गते भएको थियो भने २०६२ साल माघ ९ गते निधन भएको थियो। बीसको दशकमा लेकाली समूहमार्फत गायनमा लागेका रसिकले नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा उल्लेख्य योगदान दिएका छन्।

प्रतिक्रिया दिनुहोस्