पञ्चेबाजामा नाचम नाचम भो



गुल्मी ।

गायिका कल्पना कुसुमको पञ्चे बाजाको गीत नाचम नाचम भो बाजा तालैमा सार्वजनिक भएको छ।
मंसिर महिना बिहे गर्नेहरूका लागि उत्तम लगनको महिना हो। यस महिनामा धेरैको बिहे हुने गर्दछ। यही लगनको महिनालाई मध्यनजर राखेर गायिका कुसुमको पञ्चे बाजाको गीत नाचम नाचम भो बाजा तालैमा सार्वजनिक भएको हो।

लगनको महिनामा नाच्नेहरूका लागि तयार भएको गीतमा गायिका कल्पना कुसुम र गायक सन्दीप न्यौपानेको स्वर रहेको छ। रविन लामिछानेको शब्द रहेको गीतमा श्रीधर अधिकारीको लय रहेको छ ।

बाजाको तालमा नाच्ने र लैजाने गीतको शब्द भाव रहेको छ भने गीतको भिडियो बाजाको तालमा नाच्न मन लागेको कथावस्तुमा तयार भएको छ।
गीत कल्पना कुसुमको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गायिका कुसुमका यसअघि पनि विभिन्न गीत सार्वजनिक भएका छन्। ती गीत निकै लोकप्रिय भएका थिए। यसपटक सार्वजनिक भएको गीत पनि धेरै दर्शक श्रोताले मन पराउने आशा उनको छ।

प्रतिक्रिया दिनुहोस्